सिमलताल बस दुर्घटना : २ सय मिटर गहिराईसम्म हेर्न मिल्ने डिभाईसमार्फत खोजी सुरु

चितवन । असार २८ गते शुक्रबारदेखि त्रिशुलीमा हराई रहेको बस र यात्रुको खोजीको लागि सोमबार बिहानबाट उच्च प्रविधिको सोनार डिभाईस प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट आईतबार कुरिनटार लगिएको सो डिभाईस मार्फत खोजीकार्य शुरु गरिएको हो ।
नेपालमा भएको मध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनी साउण्ड वेभ पठाई त्यहाँ रहेका बस्तुहरुलाई स्क्यान गरी आकृतीको रुपमा देखाउने प्रविधि हो । यसअघि पनि सशस्त्र प्रहरी बल नेपाल विद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भएपनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन । तर सोमबार प्रयोग गरिएको सोनार डिभाईस उच्चतम प्रविधिको साधन रहेको र यसको क्षमता २ सय मिटर गहिराई सम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने रहेको छ ।
धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउण्ड वेभ तलसम्म रहेका बस्तुसम्म पुगेर स्क्यान गरी आकृतीको रुपमा फिर्ता हुने प्रकारको रहेको छ । मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनी रहेका सम्पूर्ण वस्तुहरुको आकृती कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वस समेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ ।
















इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया