१७औं पटक मन्त्री बने शरतसिंह भण्डारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् ।
भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।
२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरी श्रममन्त्री सम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, उर्जा जलस्रोत हुदै श्रममन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।
भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुदा अवसरबाट बन्चित भएका हुन् । पंचायत बदलिएर प्रजातन्त्र आउदा होस् वा गणतन्त्र आउदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ । उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ किर्तिमान छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया