पर्साबाट ओली सरकारमा ३ मन्त्री
मेरोन्यूज
२०८१ असार ३१ गते १५:२०

पर्सा । संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीनजना मन्त्री बनेका हुन् ।
पर्सा- १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् भने पर्सा- २ का सांसद अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने पर्सा- ३ का सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।
यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।
यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए । गत बैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया