आरजु पहिलो पटक बनिन् मन्त्री
मेरोन्यूज
२०८१ असार ३१ गते १६:५२

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पहिलो पटक मन्त्री बनेकी छन् ।
केपी ओलीको सरकारमा उनले परराष्ट्रमन्त्री पदको शपथ खाइन् । रोजेको मन्त्रालय पाएकी आरजु मन्त्रीपरिषद्को सातौँ वरियतामा रहने छिन् ।
६२ वर्षीया आरजु नेपाली काँग्रेसकी समानुपातिक सांसद हुन् । काँग्रेस र एमालेको गठबन्धन निर्माणमा उनको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ ।
एमाले अध्यक्ष ओलीसँग ‘निर्णायक’ वार्ता गर्न उनी श्रीमान् देउवासँगै बालकोट पुगेकी थिइन् । देउवाका श्रीमान्(श्रीमती गत १५ असारको राति ओली निवास छिरेर लामो वार्तालाप गरेपछि नै राजनीतिमा नयाँ ट्वीस्ट आएको थियो ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया