बागमतीमा डुबेका तीन मध्ये दुई बालकको उद्धार, एक बेपत्ता

रौतहट । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट स्थित बागमती नदिमा नुहाउने क्रममा डुबेको ३ जना बालक मध्ये २ जनाको उद्वार भएको छ भने बेपत्ता एकजना बालकको खोजीकार्य जारी रहेको छ।
बिहानै देखि लागेको चर्को घामले अत्यधिक गर्मिलागेर सोमवार दिउसो स्थानिय हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी र केशर कवाडीको छोरा बर्ष १२ को सयदुल्ला कवाडी बर्ष ८ को सफर कवाडी गाउँ छेउको बागमती नदीमा नुहाउन गएका थिए।
नदीमा पौडी खेल्ने क्रममा तीनैजना बालकहरू पानीमा डुबेपछी स्थानीयले सयदुल्ला कवाडी र हसर कवाडी लाई पानीबाट निकालेर तत्काल उपचारको लागी गरुडा तर्फ पठाईएको थियो।
हस्बुदिन कवाडीको छोरा बर्ष १० को सफर कवाडी नदीमा बेपता भएको छ।
घटनाको खबर लगत्तै सशस्त्र प्रहरी सुरक्षा बेश समनपुरका सई सत्य नारायण माझीको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी बरियारपुरबाट असई बिन्देश्वर यादबको कमाण्डमा ३ जना र स्थानियद्धारा खोजि कार्य हुँदा पनि तीनबजे सम्म बेपता बालक फेला परेको छैन।
पछिल्लो सूचनाको आधारमा सशस्त्र प्रहरी ११ गणबाट इन्स्पेक्टर भुवन घिमिरेको कमाण्डमा १० जना बोड सहित, सुरक्षा बेस सन्तपुरबाट असई कृष्णनन्दन रायको कमाण्डमा ७ जना, सुरक्षा बेस दुधियाभारबाट २ जना र सुरक्षा बेस भलोहियाबाट ४ जना लगायत ३० जनाको टोलि परिचालन गरेर बेपत्ता बालकको खोजी कार्य भई रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । उद्धार भएका दुईजना बालकको अवस्था खतरामुक्त रहेको एसपी हुमागाईंले जानकारी दिएका छन्।


















वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया