बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
माओवादी केन्द्रको तर्फबाट बागमती सरकारको नेतृत्व गरिरहेका जम्कट्टेलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत लिने टुंगोमा पुगेका हुन् ।
उनले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन् ।
२०७९ पुस २५ गते नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समीकरणबाट उनी मुख्यमन्त्री बनेका थिए । केन्द्रको समीकरण अनुसार बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत रहेकोले उनले विश्वासको मत नपाउने निश्चित छ ।
११० सदस्यीय बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसन् पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया