रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको कारागार सजाय

काठमाडौँ । रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको एक अदालतले उनको अनुपस्थितिमा आठ वर्षको कारागार सजाय सुनाएको छ ।
न्यु योर्करमा नियमितरूपमा योगदान गर्ने मासा गेसनले रुसी सेनामाथि सन् २०२२ मार्चमा युक्रेनी सहर बुचामा नागरिकको हत्या गरेको आरोप लगाउनुभएपछि उनलाई गत वर्ष रुसमा वाञ्छित घोषणा गरिएको थियो । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको छ ।
मस्को सिटी कोर्ट सर्भिसको विज्ञप्तिअनुसार अदालतले ‘रुसी सेनाको प्रयोगबारे जानीजानी गलत सूचना फैलाएको’ आरोपमा गेसनलाई आठ वर्षको कारागार सजाय सुनाएको हो ।
युक्रेनमा आफ्नो आक्रमण सुरु गरेलगत्तै रुसले द्वन्द्वका बारेमा स्वतन्त्र रिपोर्टिङलाई अवैध बनाएको थियो र आफ्ना सशस्त्र बलहरूको आलोचनालाई गैरकानूनी घोषणा गरेको थियो ।
अहिले संयुक्त राज्य अमेरिकामा बस्ने गेसन प्रमुख एलजिबिटिक्यु कार्यकर्ताहुन् । उनी राष्ट्रपति भ्लादिमिर पुटिनको लामो समयदेखिको आलोचक हुन् । उनले सन् २०१२ मा रुसी नेता पुटिनको घृणित जीवनी लेखेका थिए ।
मस्कोको एक अदालतले पनि सोमबार रुसी सेनाका बारेमा कथित रूपमा ‘जालसाजी’ फैलाएको आरोपमा एक नगरपालिकाका पूर्व डेपुटीलाई उनको अनुपस्थितिमा साढे सात वर्षको कारागार सजाय सुनाएको छ ।
काउन्सिलको बैठकमा युक्रेनमा द्वन्द्वका पीडितहरूका लागि एक मिनेट मौन धारण गर्ने प्रस्ताव राखेपछि सात वर्षको कारागार सजाय भोग्नुभएकी डेपुटी एलेक्सी गोरिनोभको पक्षमा बोलेको अभियोगमा रुसबाट भागेकी एलेना कोटेनोचकिना दोषी ठहर भएका हुन् ।















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया