दार्चुलामा दुई कृषि प्राविधिक घुससहित पक्राउ

काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुईजना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी रहेका छन्।
कृषि प्राविधिकद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले पक्राउ गरेको हो।
उनीहरूले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र निजहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको २ लाख ५० हजार ००० को २ वटा गरी .५ लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ४ बोराडाडीबाट नियन्त्रणमा लिइएको हो।
दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया