झोलुङ्गे पुल बनेपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो (भिडियाे)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ ।
२ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि १२६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।
पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र सञ्जिव उज्वल जेभीबीच २०८० साउन महिनामा रु. ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो ।
पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा शरिर डुबाएर स्नान र उपचार गर्नेहरुको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको थियो ।
बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हुँदै ४० मिनेट घुमाउरो बाटो हिड्नु पर्दथ्यो ।
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन, जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको छ ।


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया