इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचा पछि गाजामा घातक हमला

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्यो ।
हमासका राजनीतिक नेता इस्माइल हानियाहले इजरायलले युद्धको अन्त्य गर्न नचाहेको कारण युद्धविराम र बन्धक मुक्तिका लागि वार्तालाई जानाजान कमजोर पारेको आरोप लगाए ।
इजरायली सेनाले २४ घण्टामा सैन्य संरचना, आतङ्कवादी पूर्वाधार, आतङ्कवादी कोष र संरचनाहरू लाई लक्षित गरी २५ वटा आक्रमण गरेको जनाएको छ ।
सेनाले दक्षिणी गाजा सहर रफाह वरपर गुप्तचरमा आधारित गतिविधि पनि जारी राखेको जनाएको छ ।
बारम्बार हमासलाई नष्ट गर्ने वाचा गरेका नेतान्याहूले मङ्गलबार इजरायल दबाबमा परेको भए पनि उग्रवादीहरू विरुद्धको इजरायली अभियानमा कुनै कमी नहुने कुरामा जोड दिएका छन् ।
उनले यो समय दबाब अझ बढाउने, सबै बन्धकहरू–जीवित र मृत–घर ल्याउने र युद्धका सबै उद्देश्यहरू प्राप्त गर्ने समय भएको बताए ।
गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमणमा अधिकांश महिला र बालबालिका सहित ५२ जना मारिएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय कार्यालय ओसिएइचएले मङ्गलबार गाजामा धेरै पटक आक्रमण गर्दा दर्जनौँको ज्यान जानुका साथै कयौँ घाइते भएको जनाएको छ ।
यस क्षेत्रको नागरिक सुरक्षा एजेन्सीले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा भएको तीन आक्रमणमा ३० जनाको मृत्यु भएको जनाएको छ ।
















दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया