उच्च अदालत सुर्खेतको ८२ प्रतिशत मुद्दा फर्छ्यौट

कर्णाली । उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०/८१ मा ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव २०८०/८१ मा नयाँ दर्ता भएका सात सय ५६ गरी कूल नौ सय १६ मुद्दामध्ये सात सय ५४ मुद्दा फर्छ्यौट भएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजङ्ग सिजापतिले जानकारी दिए । उनका अनुसार अदालतमा दर्ता भएका कूल मुद्दामध्ये आव २०८०/०८१ मा ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो ।
जिम्मेवारी सरेका एक सय ६० मुद्दा शतप्रतिशत, नयाँ दर्ता भएका सात सय ५६ मध्ये पाँच सय ९४ अर्थात् ७८ दशमलव ५७ प्रतिशत र कूल नौ सय १६ मध्ये सात सय ५४ अर्थात् ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो । रजिष्ट्रार सिंजापतिले आव २०८०/८१ मा छ सय ५७ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको अदालतले सात सय ५४ अर्थात् एक सय १४ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाए ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया