सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन : मन्त्री भण्डारी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा उनले भने, ‘अरु मुलुकमा सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतभन्दा माथि कर लगाएका छन् तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न सकेका छैनौँ । सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा असर गर्ने भएकाले यसलाई निरुत्साहित गर्न जरुरी छ । यसलाई विशेष प्राथमिकताका साथ न्यूनीकरण गर्न राज्यको नीति आवश्यक छ ।’
सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धि सम्बन्धमा भएको छलफलमा मन्त्री भण्डारीले सुर्तीजन्य उद्योगले रोजगारी दिइरहेको, यस क्षेत्रबाट राजस्व बढी प्राप्त भएकाले तत्काल उद्योग बन्द गर्न नसकिए तापनि यसको प्रयोग कम गर्न सचेतना तथा कर वृद्धि गर्न सकिने बताए ।
समितिको बैठकमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले प्रतिवेदन पेस गरे। त्यसैगरी स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगको अध्ययन अनुगमन उपसमितिका संयोजक रेखा यादवले प्रारम्भिक प्रतिवेदन पेस गरे।
समितिले नेपालमा खैनी, गुट्खाजस्ता सुर्तीजन्य उद्योगलाई आवश्यक कच्चापदार्थ आयात तथा निर्यातको विवरण आपूर्ति मन्त्रालयबाट माग्ने निर्णय भएको समितिका सभापति अब्दुल खानले जानकारी गराए ।
चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याबलेटजस्ता नसालु पदार्थका कारण क्यान्सर जस्तो गम्भीर रोग लाग्ने भएकाले यस्ता पदार्थको उत्पादन, आयात तथा प्रयोग निरुत्साहित गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिने, नेपालमा आयात हुने सुपारीलाई ‘काउन्टर भ्यालिङ ट्याक्स’ लगाइ सोबापतको रकम किसानलाई प्रोत्साहनस्वरुप उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।
झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनपश्चात् पेस गरिएको प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित गर्ने, चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पारित गर्ने निर्णय बैठकले गरेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया