आयोजना बैंकलाई लागू गर्न सबैको सहयोग आवश्यक छ: मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको कार्यक्रममा आयोजना अवधारणा पत्र सार्वजनिक गर्दै उनले अहिले पनि पहुँचका आधारमा योजना पर्ने गरेको गुनासो सुन्नुपरेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले विशेषगरी बजेट निर्माणका बेलामा आफ्नो क्षेत्रमा योजना पार्नका लागि सांसद, कर्मचारी तथा राजनीतिक नेतृत्वको दबाब बढी हुने गरेको सुनाए ।
“आवश्यकताका आधारमा गरौँ भन्यो भने कसैले मान्दैनन् । भइरहेको बाटो बाह्रै महिना राम्रोसँग चल्ने बनाइदेऊ भनेर कसैले भन्दैन । बरु उसले पहिला मेरो घरको बाटो बनाइदेउ भन्छ, त्यसपछि गाउँ जाने बाटो, वडा जाने बाटो र बल्ल अन्तिममा पालिकाको बाटो भन्छन्,” उनले भने ।
आयोजना बैंक भएमा व्यावहारिक कार्यान्वयनमा सहजता हुने भए पनि मानसिकरूपमा नबदलिएसम्म कार्यान्वयनमा जान नसकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । “आयोजना बैंकको अवधारणा राम्रो भए पनि लागू गर्न व्यावहारिक रूपमा कठिन कठिनाइ छ । सबै मिलेर सकारात्मक निर्णय गर्दा मात्र लागू गर्न सकिन्छ”, मुख्यमन्त्रीले भने ।
मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश नीति तथा योजना आयोगले प्रदेशको नीति निर्माण र योजना तर्जुमाको प्रक्रियालाई व्यावहारिक र सन्तुलित बनाउन तथा योजनाको वैज्ञानिक ढङ्गबाट छनोट एवं प्राथमिकीकरणका लागि आयोजना बैंकको अवधारणा ल्याएको छ ।
आयोजना बैंक तयारीका लागि आयोजनाको पहिचान, लेखाजोखा र आयोजना छनोट तथा प्राथमिकीकरण गरी तीन प्रमुख चरण रहने अवधारणा पत्रमा उल्लेख छ । योजनाका लागि बजेट विनियोजन भएपछि मात्र सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेजस्ता परिपाटीका कारण ठूला एवं गौरवका आयोजना अलपत्र परेको अवस्थामा आयोजना बैंकको योजनाअघि सारिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए ।
“प्रदेशका महत्वपूर्ण आयोजन पहिचान एवं छनोटको निश्चित मापदण्ड तयार गरी सोही बमोजिम आयोजना छनोटको प्रक्रिया थालनी गर्ने उद्देश्य राखिएको छ”, देवकोटाले भने ।
योजना तथा पूर्वाधार विज्ञ मनिरामसिंह महतले आयोजना बैंकको अवधारणा, आयोजना बैंकको सुदृढीकरणका लागि विषयगत मन्त्रालयको भूमिका, आयोजना तयारी, लेखाजोखा, छनोट तथा प्राथमिकीकरण लगायतका विषयमा स्पष्ट पारेका थिए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया