मोहनापुल–अत्तरिया सडकः पुलको कामले गति लिन सकेन

गोदावरी (कैलाली) । मोहनापुल–अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन तीनवटा पक्की पुलको कामले अझै गति लिनसकेको छैन । गोदावरी नगरपालिका–५ सुनिखोला, मनहरा खोला र मोहना नदीमा पुल निर्माणाधीन छ । सुनिखोलामा रु तीन करोड ७७ लाखको लागतमा निर्माण कम्पनीले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्नेगरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सो अवधिमा पुल निर्माणको काम सम्पन्न नभएपछि सो कम्पनीसंग पुल निर्माणको म्याद २०८० असारसम्मका लागि थपिएको थियो ।
थपिएको समयावधिमा सुनिखोला पुल निर्माणको काम ८५ प्रतिशतमात्र पूरा भएको महाकाली पुल आयोजनाले जनाएको छ । बाँकी काम म्याद सकिएको एक वर्षसम्म पनि पूरा हुन नसकेको महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी कपिल पन्तले बताए । गोदावरी–५ मनहरा खोलामा रु नौ करोड ५० लाखको लागतमा निर्माणाधीन पुलको काम अलपत्र छ । निर्माण कम्पनी मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो ।
मनहरा खोला पुलको ‘डिजाइन’ संशोधन गर्नुपर्ने भएपछि प्रगति कम रहेको महाकाली पुल आयोजनाले जनाएको छ । मनहरा खोला पुल निर्माणको समययावधि २०८१ कात्तिक २६ गतेसम्म रहेको सूचना अधिकारी पन्तले बताए ।
यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा २७ महिनामा सक्नेगरी २०७८ माघमा निर्माण कम्पनीसँग रु १३ करोड ३६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो ।
मोहनामा पुल निर्माणको ४२ प्रतिशत काम भएको जनाइएको छ । मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो । सो पुल निर्माणको समयावधि २०८१ जेठ ५ गते सकिएपछि २०८२ वैशाखसम्मका लागि समय थप गरिएको महाकाली पुल आयोजनाले जनाएको छ । महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी पन्तले मोहनाको पुल निर्माणमा बजेट भए पनि सुनिखोला र मनहराको पुल निर्माणका लागि बजेटको अभाव हुनसक्ने बताए।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया