शुक्रबार, माघ २, २०८२

कांग्रेसले बोलायो आइतबार संसदीय दलको बैठक

मेरोन्यूज २०८१ साउन ५ गते ९:३०

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन् ।

बैठक आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।

सत्ता घटकको मुख्य दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाएको हो ।

प्रतिक्रिया