लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः अध्यक्ष नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरू एकताबद्ध भएर लोकतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै उनले भने, “लोकतन्त्रको यो यात्रालाई हामी सबै मिलेर सुदृढ बनाए लैजाने सङ्कल्प गरौँ ।”
अध्यक्ष नेपालले लोकतन्त्रको विकल्प अर्को कुनै तन्त्र वा प्रणाली हुन नसक्ने धारणा राख्दै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र र व्यवहार हो भने । प्रणाली र संस्था बलियो नभएसम्म देश बलियो हुन नसक्नेमा जोड दिँदै उनले गणतन्त्रको लाभ आमनागरिकसमक्ष पुग्ने सहजमार्ग खोज्न, जनतालाई परिवर्तनको अनुभूति गराउन सबै गम्भीर हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले संविधान संशोधनजस्तो दीर्घकालीन महत्वको विषयमा ‘कुन–कुन विषयमा संविधान संशोधन गरिने हो’ त्यसबारे सबै राजनीतिक शक्ति, बुद्धिजीवि, नागरिकसमाज र सरोकार भएकाहरूबीच छलफल गरेर देशको बृहत्तर हितअनुरूप हुनुपर्ने धारणा राखे ।
देश र जनताको अग्रगति, सुशासन र आर्थिक समृद्धिबारे सरकार गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड थियो । पूर्वप्रधानमन्त्री नेपालले त्रिशूलीमा बेपत्ता भएका दुई बसका यात्रुलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरे । सडक पूर्वाधार निर्माण र सडक सुधारका कामलाई राज्यले प्राथमिकतामा राखेर दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन जरुरी रहेको पनि उनको भनाइ थियो ।
अध्यक्ष नेपालले सूचना प्रविधिको विकास, रोजगारी सिर्जना, उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, वातावरण संरक्षणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए। उनले अहिलेको परिस्थितिमा आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा उभिने र सकारात्मक कामको प्रशंसा र नकारात्मक कामको खबरदारी गर्ने बताए ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया