बङ्गलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश फर्किए नेपाली विद्यार्थी

झापा । बंगलादेशमा जागिरमा आरक्षणको विरोधमा चर्किएको आन्दोलन हिंसात्मक बनेर ज्यान जाने क्रम बढेपछि नेपालीसहित विदेशी विद्यार्थी धमाधम स्वदेश फर्किन थालेका छन् । पूर्वी नाका झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा आरक्षणविरोधी आन्दोलन हिंस्रक बन्न थालेपछि नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्किन थालेका हुन् ।
अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिए । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी उनले बताए ।
‘माल्दिभ्सकी छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्नुहुँदो रहेछ’, अध्यागमन प्रमुख पनेरुले भने, ‘आन्दोलनका कारण हिंसा बढेपछि उनी पनि नेपालीसँगै यहाँ आइन् । भारतीय अध्यागमन अधिकारीले पनि उनीलाई नेपाल जान अनुमति दिएका उनीले हामीलाई जानकारी दिइन् ।’
चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गरिएका छन् । ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले जानकारी दिएका छन् । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूतावासमा जानकारी गराउन समेत भनिएको उनले बताए ।
राजधानी ढाकाबाट २० किलोमिटर टाढा इनाम मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका भुषण पोखरेल ‘कफ्र्यू’ का कारण स्वदेश फर्किन नसकिरहेको उनका बुबा जयधर्म पोखरेलले बताएका छन् । ‘धेरै नेपाली विद्यार्थी कफ्र्यूका कारण होस्टेलबाट सडकमा निस्कने अवस्था छैन’, उनले भने, ‘ढाकास्थित नेपाली दूतावासले सुरक्षा र प्रहरीको निगरानीमा एयरपोर्टसम्म पुर्याउने व्यवस्था गरिदिए धेरै विद्यार्थी घर फर्किने थिए ।’
बङ्गलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘वाट्स एप’, ‘मेसेन्जर’ लगायत सामाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क स्थापित गर्न नसकिएको अभिभावक पोखरेलले जानकारी दिए । टेलिफोन सम्पर्कमा समेत नेटवर्कको समस्या रहेको उनले जानकारी दिए । बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौँ अवतरण हुने र पूर्वीनाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई विकल्प छन् ।
















पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
Nepal Batas MAW Commercial Vehicles Expands Volvo Eicher Network with New 3S Facility in Itahari
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया