दुई तिहाई सांसदको विश्वास पाएपछि प्रधानमन्त्री ओलीले दिए धन्यवाद

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
प्रतिनिधिसभामा दुई तिहाइको बहुमत पाएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको उल्लेख गर्दै यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु । प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद !’
प्रधानमन्त्री ओलीले आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् । उनले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ र तटस्थमा १ मत खसेको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा २६३ जना उपस्थित थिए ।
योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।
ओली साउन ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ४ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया