दुई तिहाई सांसदको विश्वास पाएपछि प्रधानमन्त्री ओलीले दिए धन्यवाद

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
प्रतिनिधिसभामा दुई तिहाइको बहुमत पाएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको उल्लेख गर्दै यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु । प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद !’
प्रधानमन्त्री ओलीले आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् । उनले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ र तटस्थमा १ मत खसेको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा २६३ जना उपस्थित थिए ।
योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।
ओली साउन ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ४ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।














आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया