महिला एशिया कपमा पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित
मेरोन्यूज
२०८१ साउन ७ गते ६:४९

काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको थियो ।
नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् । त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।
यो जितपछि पाकिस्तानले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।
अब तेस्रो खेलमा पाकिस्तानले मंगलबार युएईविरुद्ध खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । अब नेपालले तेस्रो खेलमा मंगलबार भारतसँग खेल्ने तालिका छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया