देशको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।
सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको `वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका छन् ।
यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो ।जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ´, उनले भने,३ तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।´
संघ, प्रदेश र स्थानीय ३ तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिलअवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग संचालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए ।
अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन उदेश्य लेनै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको पनि उनको भनाई थियो । नेता सिंहले अहिलेको अवस्थाबाट राम्रो गर्नका लागि सरकार प्रतिवद्द रहेको बताए ।















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
अक्षय कुमारकाे ‘भूत बंगला’ ले अहिलेसम्म कति कमायाे ?
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया