शुक्रबार, वैशाख १८, २०८३

धनकुटाको पाख्रीबासमा मनाइयो पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस

मेरोन्यूज २०८१ साउन ७ गते १३:५२

धनकुटा । धनकुटाको पाख्रिबासमा पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस मनाइएको छ ।

Advertisement
NiccNicc

श्रेष्ठको तस्बीरमा पुष्प गुच्छा चढाएर श्रद्दान्जलि अर्पण गरि कार्यक्रम मनाइएको हो । कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटि सचिवालय सदस्य भिम राईले कम्युनिष्ट पार्टी स्थापना हुनुमा श्रेष्ठको योगदानको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा प्रदेश कमिटि सल्लाहकार परिषद सदस्य,जिल्ला कमिटि सचिवालयका पूर्व तथा वर्तमान सदस्य,नगर कमिटिका पदाधिकारी,नेता,कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

नेकपा(एमाले) पाख्रीबास नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटि अध्यक्ष शिवाहांग लिम्बु र कार्यक्रमको अध्यक्षता नगर कमिटि अध्यक्ष शान्तिराम गौतमले गरेका थिए,भने कार्यक्रम संचालन नगर कमिटि सचिव सिताराम राईले गरेका थिए ।

श्रेष्ठको जन्म विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा भइ २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया