सहकारी समस्या सम्बन्धमा संसदीय विशेष समितिद्वारा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग छलफल गरेको छ ।
समितिले आज मन्त्रालयका सचिव मुकुन्द निरौलालगायत नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डेलगायतका प्रतिनिधिसँग छलफल गरेको छ । बैठकमा देशभरका सबै पालिकासँग सहकारीसम्बन्धी विवरण भराउने विषयमा छलफल भएको सभापति सूर्यबहादुर थापा क्षत्रीले सञ्चारकर्मीलाई जानकारी दिए ।
देशभरका सात सय ५३ स्थानीय तहले हेर्ने सहकारी २४ हजार रहेको र ती सहकारीमा समस्या नरहेको कुरा आजको छलफलबाट जानकारीमा आएको सभापति थापाले बताए । सहकारी ऐनअनुसार बन्नुपर्ने कर्जा सूचना केन्द्र, कर असुली न्यायधीकरणलगायत संरचना नबनाउँदा सहकारीमा समस्या आएको छलफलमा सहभागीले विचार व्यक्त गरेको उनले जानकारी दिए ।
सहकारीसम्बन्धी राम्रो ज्ञान नभएका मानिसहरू मिले बनाइएका सहकारीमा समस्या देखिएका र सहकारी शिक्षा तथा चेतना भएका ठाउँमा सहकारीका नाममा ठगी नभएको तथ्य पनि बैठकमा प्रस्तुत भएको थियो ।
बचत तथा ऋण सहकारी संस्था बढी भएर समस्या आउन थालेकाले उत्पादनमूलक सहकारी बढाउनुपर्नेमा पनि बैठकका सहभागीले जोड दिएका समे सभापति थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया