लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए नयाँ मन्त्रीको नाम, आजै शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिदै छन् । आज बिहान साढे ८ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको छ ।
त्यस्तै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरुको नाम पनि टुंगाएका छन् ।
एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका छन् । त्यसै गरी नेपाली कांग्रेसले पनि मन्त्री बन्नेहरुको नाम पनि टुंगो लगाएको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन्, जसमा बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाइने भएको छ ।
मन्त्रीहरुलाई कुन कुन मन्त्रालय दिने भन्ने टुंगिन बाँकी रहेकाले सबैलाई बिना विभागीय मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिएको छ ।
















दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया