असोज मसान्तभित्र कर बुझाए चन्द्रागिरि नगरले २५ प्रतिशत छुट दिने
मेरोन्यूज
२०८१ साउन १० गते १०:००

काठमाडाैं । काठमााडैंको चन्द्रागिरि नगरपालिकाले नगरको आर्थिक ऐन २०८१ अनुसार चालु आर्थिक वर्ष २०८१-८२ का लागि विभिन्न शीर्षकको कर असोज मसान्तभित्र बुझाएमा २५ प्रतिशत छुट दिने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षको सम्पत्ति कर, मालपोत कर, बहाल कर र व्यवसाय कर असोज मसान्तभित्र चुक्ता गरेमा कूल रकममा २५ प्रतिशत छुट दिने भएको हो ।
यसैगरी नगरले महिलाको नाउँमा व्यवसाय दर्ता लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने भएको छ ।
महिला र पुरुषको साझेदारीमा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा २५ छुट उपलब्ध गराइने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
यस्तै, महिला, अपाङ्गता तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीको स्वामित्वमा सञ्चालित घरेलु उद्योग दर्ता शुल्कमा ५० प्रतिशत छुट हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
सूचना हेराैं
सम्बन्धित
















नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड–सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया