महिलामन्त्रीको सङ्ख्या वृद्धि गर्नुपर्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउनुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको संयुक्त राष्ट्रसङ्घीय महिला महासन्धि समिति (यूएन सिड कमिटी)को प्रतिवेदनमाथिको छलफलमा उनले आगामी दिनमा मन्त्रिपरिषद्मा महिलामन्त्रीको सङ्ख्या बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महिला, महिलाबीचको प्रतिस्पर्धा गर्ने व्यवस्थाका लागि बहस चलिरहेकाले संविधानको मर्म परिवर्तन नहुने गरी यसलाई संशोधन गरिने उनले बताइन्।
“विदेश भ्रमणको प्रतिनिधिमण्डलमा महिला अनिवार्य गर्ने निर्णय हालै मन्त्रिपरिषद्बाट भएको छ, मुख्यसचिवमा पनि महिलालाई नै नियुक्त गरेका छौँ, सिड कमिटीमा पेश गर्ने मुद्दाका २१ बुँदे सूची सबैको प्रयासमा पूरा गर्ने तयारीमा छौँ”, मन्त्री राणाले भनिन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले मन्त्रिपरिषद्मा महिला आरक्षणको कानुनी व्यवस्था नहुँदा अहिले दुई जनामात्र महिलामन्त्री भएकाले यससम्बन्धी कानुन निर्माण गर्नु आवश्यक रहेको बताइन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया