रियलमी नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ नेपालमा सार्वजनिक

काठमाडौं । रियलमीले नार्जो एन ६५ फाइभ जि (Narzo N65 5G) र रियलमी सि ६३ (realme C63) नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६५ फाइभ जि मा ६.७२ को फुल एचडी डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट, मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् भने रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामारा र ४५ वाटको सुपरभोक चार्जर समावेश रहेका छन् ।
लन्चबारे बोल्दै रियलमीको लागि भारत र नेपालको हेड अफ स्ट्राटेजी, मुनिस गिरीले भने, “हामी नेपाल बजारमा नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ ल्याउन पाउँदा निकै उत्साहित छौं । यी स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । नार्जो एन ६५ फाइभ जिको उन्नत फाइभ जि फिचरहरु र सि ६३ को किफायती मूल्यमा नै प्राप्त हुने आकर्षक फिचरहरुले ग्राहकहरुको मन जित्नेमा हामी विश्वस्त छौँ ।”
प्रिमिएम स्टान्डर्डको रियलमी नार्जो एन ६५ फाइभ जि :
आकर्षक डिजाइन र सुपेरियर डिस्प्ले
६.६ इन्चको डिस्प्ले रहेको रियलमी नार्जो एन ६५ फाइभ जि को १९० ग्रामको हल्का तौलले यो स्मार्टफोन प्रयोग गर्न निकै सहज बनाउँछ । एम्बर गोल्ड र डिप ग्रिनमा उपलब्ध नार्जो एन ६५ फाइभ जि स्टाइलको मामला निकै अगाडि छ । लो ब्लु लाइटमा टियुभि राइल्यान्डबाट सर्टिफाइड यो स्मार्टफोन उज्यालो कम रहेको ठाउँमा पनि मजाले प्रयोग गर्न सकिन्छ । साथमा हाइ बिम मोड ५०० र ६२५ निट रहेको यस स्मार्टफोन उज्यालो घाममा पनि आरामले प्रयोग गर्न सकिन्छ ।
फाइभ जिको पावरफुल पर्फर्मेन्स
नार्जो एन ६५ फाइभ जि मा मिडियाटेक डाइमेन्सिटी ६३०० फाइभ जि को दमदार प्रोसेसर समावेश रहेको छ । अक्टाकोर सिपियु रहेको यस स्मार्टफोनमा एकैपटक धेरै एपहरुको प्रयोग गर्न सकिन्छ । फाइभ जि कनेक्टिभिटीको साथमा प्रयोगकर्ताले फास्ट डाउनलोड स्पिड र गेमिङ अनुभव प्राप्त गर्न सक्नेछन् ।
आकर्षक एआई क्यामरा प्रणाली
५० मेगापिक्सेलको एआई क्यामरा रहेको नार्जो एन ६५ फाइभ जि ले आकर्षक फोटो र भिडियोहरु निकाल्छ । यस स्मार्टफोनको क्यामारामा नाइट मोड, स्ट्रिट मोड, प्रो मोड, पोट्रेट मोड र टाइम ल्याप्स जस्ता फिचरहरु पनि उपलब्ध रहेका छन् । साथै ८ मेगापिक्सेलको प्रन्ट क्यामाराले उत्कृष्ट क्वालिटीको सेल्फी खिच्न र भिडियो कल गर्न सकिन्छ ।
सुपरफास्ट चार्जिङ र लामो ब्याट्री लाइफ
रियलमी नार्जो एन ६५ मा ५००० एमएएचको शक्तिशाली ब्याट्री उपलब्ध छ जसले पटक पटक चार्ज गरिरहनु पर्ने झन्झटबाट छुटकारा दिन्छ । साथमा १५ वाटको सुपरफास्ट चार्जले एकैछिनमा डिभाइसलाई फुल चार्ज गर्न मद्दत पु¥याउँछ ।
पर्याप्त स्टोरेज र ¥याम
रियलमी एन ६५ फाइभ जि मा ६ जिबीको ¥याम र १२८ जिबीको स्टोरेज उपलब्ध रहेको छ भने यसको स्टोरेज एसडि कार्ड थपेर २ टिबीसम्म पु¥याउन सकिन्छ । साथै ६ जिबी भर्चुअल ¥याम पनि थप गर्न सकिने यो स्मार्टफोनमा एकै पल्टमा धेरै एपहरु प्रयोग गर्न सकिन्छ ।
एडभान्स्ड कनेक्टिभिटी र नेभिगेसन
नार्जो एन ६५ फाइभ जि मा दुइवटा न्यानो सिम र एउटा एसडि कार्ड राख्न सकिन्छ । साथै यसमा ब्लुटुथ ५.३, डुअल ब्यान्ड वाइफाइ र जिपिएस, ग्यालिलियो, बाइडु जस्ता न्याभिगेसन सिस्टमहरु पनि उपलब्ध हुन्छ ।
मुल्य र उपलब्धता
६+१२८ जिबी भेरियन्टको रियलमी नार्जो एन ६५ फाइभ जि नेपालभर मात्र रु. २१ हजार ९९९ मा उपलब्ध छ ।
उच्चतम गुणस्तर स्ट्यान्डर्डको रियलमी सी ६३ मेमोरी र स्टोरेज ८+८ जीबीको डायनामिक ¥याम र १२८ जिबीसम्मको स्टोरेज अप्सन रहेको रियलमी सी ६३ मा थप १६ जिबी भर्चुअल मेमोरी थप गर्न सकिन्छ, जुन ग्राहकवर्गको लागि अधिकतम हुन्छ ।
आई कम्फर्ट डिस्प्ले
रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ भने यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएको छ । १६००८८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै यसले डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ ।
फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री
४५ वाटको सुपरभोक चार्जर समावेश रहेको रियलमी सी ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ ।
एडभान्स क्यामेरा सिस्टम
रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा उपलब्ध रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरु पनि समावेश रहेको छ । साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ ।
कनेक्टिभिटी र नेभिगेसन
रियलमी सी ६३ ले डुअल सिम मोड समर्थन गर्दछ । साथै यसमा रहेको ५ गिगाहर्जको वाइफाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलेओ लगायतका नबीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।
आकर्षक डिजाइन र उच्चतम अडियो
१६७.२६ मिलिमिटरको लम्बाइ, ७६.६७ मिलिमिटर चौडाइको साथ रियलमी सि ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यस डिभाइसलाई ह्यान्डल गर्न निकै सहज छ । वान–माइक नोइज क्यान्सलेशनको साथ सुपर लिनियर मोनो स्पिकरहरू पनि रियलमी सि ६३ मा समावेश रहेको छ ।
पृथक युजर एक्स्पेरियन्स
एन्ड्रोइड १४ मा आधारित रियलमी सी ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेशन र प्राईभेसि अप्शनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ ।
मुल्य र उपलब्धता
रियलमी सी ६३ ४+ १२८ जीबी स्टोरेज भेरियन्टमा रु. १५ हजार ९९९ मा नेपालभर उपलब्ध रहेको छ ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया