गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सम्पुर्ण रोग,भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी बिकल्प खोज्ने बेला आएको बताएका छन् ।
राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य ब्यबस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । व्यक्ति परिबर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिबर्तन गर्नुपर्नेमा जोड दिए ।
ड्राइभर फेरेर ,बस परिबर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिबर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेतिथी र बिकृतीको अन्त्य गर्न राप्रपा नेपालले अबलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे । बेरोजगारी समस्या, धर्मपरिबर्तन, आर्थिक मन्दी, भ्रष्टाचार लगायतका समस्या समाधान नगरी मुलुकले सहि गति लिन नसक्ने भन्दै थापाले बिदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए ।
पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानू पर्ने भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।
पार्टीको महाधिवेशनलाई समय सिमामा सक्न संरचना निर्माण, इकाई कमिटी गठन पुनर्गठनकार्य गर्न समेत थालाले आग्रह गरे। प्रशिक्षण कार्यक्रममा डाक्टर बिष्णु भण्डारी र राजाराम बर्तौला ‘चुनेली’ ले समेत प्रशिक्षण दिएका थिए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया