सर्लाहीका दुईजना नक्कली नोटसहित पक्राउ

रौतहट । रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
पक्राउ परेकाहरुको साथबाट नेपाली १ हजारको १३ थान नक्कली नोट बरामद गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् । नक्कली नोटको ओसार पसार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत बालचनपुर चौक स्थित राकुमार महतोको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई गएराती पक्राउ गरेको थियो ।
खान तलासीको क्रममा ईमामुल हक दर्जीले मोटरसाईकलको सीट कौभर मुनी लुकाइराखेको उक्त नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।
आरोपी दुवैजना ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा नक्कली नोट बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
















इरानले दोहोर्यायो अमेरिकी वार्तामा कडा अडान
सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया