सर्लाहीका दुईजना नक्कली नोटसहित पक्राउ

रौतहट । रौतहटमा नेपाली हजारको नक्कली नोटसहित दुईजना मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
पक्राउ परेकाहरुको साथबाट नेपाली १ हजारको १३ थान नक्कली नोट बरामद गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् । नक्कली नोटको ओसार पसार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत बालचनपुर चौक स्थित राकुमार महतोको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई गएराती पक्राउ गरेको थियो ।
खान तलासीको क्रममा ईमामुल हक दर्जीले मोटरसाईकलको सीट कौभर मुनी लुकाइराखेको उक्त नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।
आरोपी दुवैजना ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा नक्कली नोट बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया