गुराँस लघुवित्तको नाफ बढ्यो
मेरोन्यूज
२०८१ साउन १३ गते ११:३७

कठमाडौं । गुराँस लघुवित्तको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यता, खराब कर्जा भने घटेको छ । यसले खुद नाफा बढ्न सहयोग गरेको हो ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया