कोशीमा काँग्रेस-एमालेबीच केन्द्रकै मोडलमा सहमति

विराटनगर । कोशी प्रदेशमा सत्ता भागबण्डाको विषयमा कांग्रेस र एमालेबीच केन्द्रकै मोडलमा सहमति भएको छ ।
सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।
काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीनै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
त्यस्तै बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेश सभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ । ७ वटा संसदीय समितिमध्ये २ दलले ३/३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ ।
सहमति अनुसार अब छिट्टै काँग्रेस सरकारमा जाने भएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया