महोत्तरीमा लागुपदार्थ दुर्व्यसन र कारोबारमा फस्दै युवा

महोत्तरी । जिल्लामा लागुपदार्थको कारोबार र दुव्र्यसनमा धेरैजसो युवापुस्ता फस्ने गरेका छन् । सीमा वारपार हुने लागुपदार्थ कारोबार र दुव्र्यसनमा युवापुस्ताको संलग्नता बढी पाइएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका ७१ मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । कूलमध्ये दुईजना महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत वर्ष सोही प्रकृतिका ५३ मुद्दा अदालतमा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबारका अनुसार गत आवमा खैरो हेरोइन १८ ग्राम सात सय ९६ मिलीग्राम बरामद गरी अभियुक्तलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
भारतबाट नेपालतर्फ ल्याइएका विभिन्न नामका एम्पुल, टेबलेट, झोल र १५ हजार दुई सय ६४ क्याप्सुल बरामद भएको छ । यसमा सबैभन्दा बढी नाइट्राभेट ट्याब्लेट आठ हजार पाँच सय ९१, डाइजेपाम दुई हजार ४१, प्रोमेथाजाइन एक हजार १६ ट्याब्लेट र बुप्रेनोफिन एम्पुल (सुई) एक हजार दुईवटा बरामद भएको प्रहरीको अभिलेखमा उल्लेख छ । यी लागुऔषधसहित पक्राउ पर्नेमा ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।
भारतबाट नेपालतर्फ ल्याएर कारोबार गरिने यी लागुपदार्थमा ट्यालगेसिस, डाइक्लोफेन सोडियम, फेनारगन, एक्सिप्लोन, नाइट्राजेपाम, बुलुस्पास, स्पास्मोप्रोक्सिभिन, नुफिन ट्याब्लेट, क्याप्सुल, एम्पुल (सुई)र झोल प्रहरीले बरामद गरी कारोबारमा संलग्नलाई कारबाही गरेको छ ।
नेपालबाट भारततर्फ लगिने गाँजा गत आवमा १२ क्विन्टल ९६ किलो बरामद गरिएको प्रहरी नायब उपरीक्षक जयसबारले जानकारी दिए । “भारततर्फ लगिने गाँजाको कारोबारमा संलग्नको उमेर समूह छ्यासमिस छन् तर भारतबाट नेपालतर्फ ल्याइने लागुऔषध कारोबार र दुव्र्यसनमा अधिकांश युवा छन्,” प्रनाउ जयसबारले भने ।
प्रहरीले लागुपदार्थ दुव्र्यसन र कारोबारविरुद्ध निरन्तर सचेतना अभियान सञ्चालन गरेको जनाएको छ । देखासिकीबाट लागुपदार्थ दुव्र्यसनको लत बस्दै गएर पछि तिनै कारोबारमा संलग्न हुने प्रहरीको भनाइ छ । लागुऔषधविरुद्धको अभियानमा विद्यालयका शिक्षक, सामाजिक सङ्घसंस्था र अभिभावकको भूमिका बढ्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया