शनिबार, वैशाख २६, २०८३

डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

मेरोन्यूज २०८१ साउन १४ गते २०:५३

काठमाडौँ।   भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भारत प्रस्थान गरेका छन्। 

Advertisement
NiccNicc

एक सय ३३औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको उक्त टोलीमा पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अधिकारी गरी ४२ जना सम्मिलित छन्। 
    
साउन ११ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतको ‘ए लेभल’ फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ।

प्रतिक्रिया