मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को अडिसन सम्पन्न

काठमाडौं । मिस यूनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धिको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौंमा आज आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० जना मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाको लागि छनोट गरिएको हो ।
अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए । त्यस्तै मिस यूनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सिइओ एवम् प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइन मार्फत सहभागिता जनाएका थिए ।
अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू लगायत डाक्टर, इन्जिनियर, पाइलट जस्ता विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । आजको फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैर नेपाली महिलाहरुको भने अनलाइनमार्फत अडिसनमा लिइने आयोजकले जानकारी दिएको छ ।
अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धिको नतिजा ३ दिन पश्चात मिस यूनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीहरुले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइनेछ ।
मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया