बिहीबार, वैशाख १७, २०८३

सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

मेरोन्यूज २०८१ साउन १५ गते १४:४८

काठमाडौँ । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ ।

Advertisement
NiccNicc

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले भने, “स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?” गत आर्थिक वर्षमा एक लाख १२ हजार चार सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै उहाँले यसका लागि रु एक खर्ब ५२ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए ।

विसं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उल्लेख बताए ।

प्रतिक्रिया