झारखण्डमा रेल दुर्घटना हुँदा २ जनाको मृत्यु, २० घाइते

भारतको पूर्वी राज्य झारखण्डमा मङ्लबार रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएका छन् । यस्तै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
दुर्घटना झारखण्डको राजधानी राँचीबाट करिब १२३ किलोमिटरमा रहेको पश्चिम सिंहभूम जिल्लाको चक्रधरपुरको बडाबाम्बु स्टेशन नजिकै भएको उनीहरुले बताएका छन् ।
“बडाबाम्बु नजिकै हावडा–मुम्बई मेल एक्सप्रेसको रेलका १८ वटा डिब्बा लिकबाट खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। एनडीआरएफको टोली घटनास्थलमा खटिरहेको छ र उद्धार कार्य जारी छ “, दुर्घटनास्थलमा रहेका पश्चिम सिंहभूमका उप–आयुक्त कुलदीप चौधरीले बताए ।
अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त रेल हावडाबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनसतर्फ जाँदै गरेको थियो ।
रेलवे अधिकारीहरूले राहत र उद्धार कार्यका लागि कर्मचारीसहित आवश्यक राहत र चिकित्सा उपकरण तुरुन्तै घटनास्थलमा पुर्याएको जनाएका छन् । साथै प्रभावित यात्रुलाई बसमार्फत नजिकैको रेलवे स्टेसनमा लगि बाँकी यात्राका लागि विशेष रेलको व्यवस्था गरिएको उनीहरुले बताएका छन् ।
अधिकारीहरूले रेलको लिकबाट खसेका १८ डिब्बामध्ये १६ वटामा यात्रु सवार रहेक , एउटामा पावर कार र एउटामा प्यान्ट्री कार रहेको जनाएका छन् ।
हावडा–मुम्बई मेल एक्सप्रेसको रेल लिकबाट खसेपछि छेउमा रहेको मालबहाक रेलसँग ठोक्किदा यो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
यसैबीच, भारतीय रेलवेले यात्रुलाई सहयोग गर्न हेल्पलाइन नम्बरहरू पनि जारी गरेको छ ।














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया