अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । काठमाडौं, तारकेश्वर नगरपालिका-२ मिलमिलाप टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ मिलिग्राम र नगद ७ हजार ४ सय रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिकामा डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका-७ घर भएका ३० वर्षीय राकेश बलामी र नुवाकोट पञ्चकन्या गाउँपालिका-६ घर भएका २२ वर्षीय रोशन थापा रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खग्रौला चेक पोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित टीकापुर नगरपालिका-९ बस्ने २२ वर्षीय दिपेश आउजीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ चैतन्य पाठशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने वर्ष १८ वर्षीय किशोर, सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र सोही उपमहानगरपालिका-८ क्याम्पस रोड बस्ने ३५ वर्षीय आयुष सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००९ प ४८० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, पन्चपुरी नगरपालिका-५ स्थित गणेश शाहीको घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम र नगद २१ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पन्चपुरी नगरपालिका-५ बाबियाचौर बस्ने ३८ वर्षीय प्रेम बहादुर शाही, ३५ वर्षीय तपेन्द्र कुमार कंडेल, ३२ वर्षीय तप्त रावल र सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय प्रमोद बहादुर सलामी रहेका छन् । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.७ प ३०७ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-३ भोलागौडी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित बर्दिया बाँसगढी नगरपालिका-६ दमौली बस्ने २० वर्षीय मनिश शाह समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भे.६ प ७०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, बैजानाथ गाउँपालिका-१ गावर लाईन्स पार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित बैजानाथ गाउँपालिका-१ बस्ने ३१ वर्षीय सुक बहादुर रावल र २९ वर्षीय नगेन्द्र रोकायलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

















काठमाडौँको प्रदूषण घट्दै, आज प्रदूषित सहरको १८ औँ स्थानमा
PM Karki visits Muktinath, instructs dist based officials to ensure a successful election
शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया