सेयर कारोबारले तोड्यो रेकर्ड

काठमाडाैं । सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ ।
यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो हालसम्मकै उच्च हो । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।
बुधबार नेप्से परिसूचक ६४ दशलमव २५ अंकले बढेर २,७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ ।
बुधबार सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसदिन ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया