उत्कृष्ट युवाहरुलाई सम्मान, यस्ताे छ प्रकृया

काठमाडौं।राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले विभिन्न विधाका उत्कृष्ट युवालाई सम्मान गर्ने भएको छ । शैक्षिक, कृषि, खेलकुद, स्वास्थ्य, वन वातावरण र पर्यटन, उद्यमशीलता, बैंक वित्तीय, विज्ञान तथा सुचना प्रविधि, कला सँस्कृति र साहित्य, पत्रकारीता लगायतका क्षेत्रबाट उत्कृष्ट १५ जना युवालाई सम्मान गर्न लागिएको युवा संघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीका अध्यक्ष इश्वरबल्लभ सापकोटाले जानकारी दिए ।
भाद्र २९ गते विशेष कार्यक्रमकाबीच जिल्लाका उत्कृष्ट युवालाई सम्मान गरिनेछ । सम्मान कार्यक्रममा सहभागी हुनका लागि युवा संघ जिल्ला कमिटीले अवेदन आह्वान गरेको छ । प्राप्त आवेदन मध्येबाट छनौट समितिले उत्कृष्ट युवा चयन गर्नेछ । ४० वर्षभन्दा कम उमेरका काभ्रेका स्थायी बासिन्दा युवा सम्मान-२०८१ मा सहभागी हुन पाउनेछन् । बसाईसराईको हकमा भने बसाईसराई प्रणाण पत्र आवश्यक हुनेछ । सहभागी हुन चाहेको विधाको आधारहरु समेत भर्नुपर्नेछ । सम्मान कार्यक्रममा सहभागी हुन इच्छुकले अनलाईन आवेदन दिन सकिनेछ । अनलाईन आवेदन फारम लिंक https://me-qr.com/ycHeJALc
भाद्र १६ गतेसम्म फारम भर्न सकिनेछ । सफल युवाहरुको उत्कृष्ट र प्रेरणात्मक भनाई पनि कार्यक्रममा समेटिनेछ । युवा सम्मान कार्यक्रम युवाहरुको सशक्तिकरण र समृद्धिको माध्यम बन्ने विश्वास लिइएको छ । यस्तै युवाहरुको उत्कृष्ट र प्रेरणात्मक भनाई अरु युवालाई समेत हौसला बन्ने अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रमले युवाहरु समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट नेतृत्व गरिरहेका छन् भन्ने उदाहरण समेत दिने उनको भनाई छ । स्वदेशमै सम्भावना देखाउने कार्यक्रमका रुपमा समेत युवा सम्मेलनलाई लिइएको भन्दै उनले वैदेशिक रोगजारीका लागि विदेशिने क्रमलाई रोक्ने समेत कार्यक्रम सहयोगी बन्ने बताएका छन ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया