नवनियुक्त प्रदेश प्रमुखको शपथ आज
मेरोन्यूज
२०८१ साउन १७ गते ७:२८

काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शीतल निवासमा साँझ ५ बजे उनीहरूको शपथ ग्रहण कार्यक्रम तय भएको छ।
बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेश प्रमुखको शपथ लिन लागेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए।
बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया