‘संविधानमा भएका दलितसम्बन्धी अधिकार कार्यान्वयन गर्नुपर्ने’

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रियसभाबाट पारित दलित अधिकारसम्बन्धी सङ्कल्प प्रस्ताव सम्बन्धमा आयोजित छलफलमा आज अध्यक्ष दाहालले संविधानको धारा २४ र ४० मा उल्लेख भएका दलितसम्बन्धि अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
संविधानको धारा ४०, छुवाछूत तथा भेद्भाव विरुद्धको हकको (९) मा ‘कुनैपनि व्यक्तिलाई निजको उत्पत्ति, जात,जाती, ससुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेद्भाव गरिने छैन’ भनिएको छ ।
राष्ट्रियसभा सदस्य भुवन सुनारले संविधानको प्रस्तावनामै समानुपातिक समावेशीता व्यवस्था गरिएको सन्दर्भमा राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता सुनिश्चित गर्न माग गरे।
संविधानमा मन्त्रिपरिषद्मा समावेशी सिद्धान्त बमोजिम मन्त्री रहने उल्लेख रहेको र धारा ४२ ९१० मा सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यक निकायमा सहभागिताको हक हुने व्यवस्था रहेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको राष्ट्रियसभा सदस्य सुनारको भनाइ छ । अर्का राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले दलित समुदायले भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए













भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
एमाले केन्द्रीय कमिटी बैठक जारी (तस्बिरहरू)
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया