उपप्रधानमन्त्री सिंहले भने- नतिजा देखिनेगरी काम भइरहेको छ

काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
मन्त्रालयमा आज काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उनले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताए ।
‘स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो सुनिएको छ । चाँडै नतिजा देखिनेगरी मन्त्रालयले काम अघि बढाएको छ । समस्या सम्बोधन हुन्छ भन्नेमा विश्वस्त हुन् आग्रह गर्छु’, उपप्रधानमन्त्री सिंहले भने ।
मेयर्स फोरमका अध्यक्ष महर्जनले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै वर्षौदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्नुपर्ने, सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नगरपालिकाका नाममा पठाएको जानकारी गराउँदै पहल गरिदिन आग्रह गरे ।
यस विषयमा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको महसुलको विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरेर समाधानतर्फ लैजाने बताए। उनले स्वच्छ उपत्यका र सफा बागमती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधैँ ढल बन्द गर्ने कार्यमा मिलेर सहकार्य गर्न आग्रह गरे।
उपत्यका मेयर्स फोरममा तीन गाउँपालिकासहित १८ स्थानीय तह छन् ।
















नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया