आइतबार, पुष २७, २०८२

योगेशलाई एमाले संसदीय विभागको जिम्मेवारी

मेरोन्यूज २०८१ साउन १७ गते १८:५३

काठमाडौं।  नेकपा (एमाले) सचिवालयको बैठकले संसदीय विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव योगेश भट्टराईलाई दिएको छ ।

बिहीबार काठमाडौंको हनुमाथनस्थित बसेर होटलमा बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि एमालेको उक्त विभागमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री भएसँगै भट्टराईलाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि २०८० जेठ १९ गतेदेखि हालसम्म भट्टराई एमाले मधेश प्रदेशको इन्चार्ज थिए ।

प्रतिक्रिया