मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, बिकृतीको अन्त्यको निमित्त देशले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् ।
‘भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन,आर्थिक मन्दी लगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन’ थापाले भने । अहिलेको ब्यबस्था असफल साबित भैसकेको अब बिकल्प खोज्नुपर्नेमा उनको जोड थियो ।
मुलुकलाई सहि दिशा दिनको लागि आन्दोलनको बिकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
देशब्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आबश्यकत भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिबेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताए । कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला “चुनेली” श्याम घिमिरे, देबेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।













Warm clothes provided to 300 needy children in Shuklaphanta
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा
नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया