हमास नेता इस्माइलको हत्या योजना दुई महिना अघि नै भएको दाबी

काठमाडौँ । इरानमा हत्या गरिएका हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या योजना दुई महिना अघि नै भएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
बुधबार इरानको तेहरानस्थित एक गेस्ट हाउसमा मारिएका इस्माइल बस्ने गेस्ट हाउसमा दुई महिना अघि नै बम राखिएको अमेरिकी मिडिया सीएनएनले आफ्नो स्रोतलाई उदृत गर्दै उल्लेख गरेको छ ।
इरान र हमास दुवैले इस्माइलको हत्यामा इजरायलको योजना रहेको जिकिर गरेपनि इजरायलले यस विषयमा न त अस्वीकार नै गरेको न त खण्डन नै गरेको छ ।
हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।
हमासका राजनीतिक चेहेरा रहेका इस्माइलको हत्यापछि इजरायल र हमासको जारी युद्ध अर्को चरणमा पुग्ने अनुमान गरिएको छ । इरानले इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि इजरायल सतर्क अवस्थामा रहेको छ भने अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा इजरायललाई पूर्ण साथ दिने घोषणा गरिसकेको छ ।
यसअघि इस्माइलको हत्या रकेट प्रहारबाट भएको भनिएपनि मिडिया रिपोर्टमा दुई महिना अघि नै गेस्ट हाउसमा राखिएको बम विष्फोटबाट भएको दाबि गरिएको छ ।
इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिदै आएको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया