१७औँ भानु कप फुटबल आजदेखि

तनहुँ । तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका खेल संयोजक विष्णु अधिकारीका अनुसार उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले दुई लाख ५० हजार दुई सय ११ तथा उपविजेताले एक लाख २५ हजार दुई सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही २५ हजार दुई सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पाँच हजार दुई सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई ६ हजार दुई सय ११ र बाघचालतर्फ प्रथम हुनेलाई ६ हजार दुई सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया