सिटिजन्स बैंकले कमायो १ अर्ब ३४ करोड नाफा

काठमाडौं । सिटिजन्स बैंकले गत आव २०८०–८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ४.०७ प्रतिशत छ भने इम्पेरमेन्ट चार्ज १ अर्ब ७६ करोड पुगेको छ ।
वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपियाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ ।
बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड छ भने जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपियाँ सञ्चित छ । बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपियाँ कर्जा प्रवाह आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया