कर्णालीका मुख्यमन्त्री कँडेलले साेमबार विश्वासको मत लिने

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन १९ गते विश्वासको मत लिने भएका छन्।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सोसम्बन्धी विषयको प्रस्ताव यही साउन २१ गते राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताए । उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाए ।
कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन् ।












Labour Ministry takes decisions in favour of EPS exam graduates
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको तयारी गरिँदै
जेनजी आन्दाेलन : आमाबुबालाई सुखी राख्ने योगबहादुरकाे सपना अधुरै रह्याे
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त : गृहमन्त्री अर्याल
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
प्रतिक्रिया