स्वीडेनद्वारा लेबनानस्थित दूतावास बन्द

एजेन्सी । स्वीडेनले लेबनानको बेरुतस्थित आफ्नो दूतावास बन्द गरेको शनिबार जनाएको छ।
हजारौँ नागरिकलाई लेबनान छोड्न आग्रहसहित गाजामा युद्ध बढ्न सक्ने सम्भावना पछि दुतावास बन्द गर्ने निर्णय गरेको जनाइएको छ।
यस हप्ता भएको हमास र हेजबुल्लाह नेताहरूको हत्याले गाजा युद्धको बीचमा थप क्षेत्रीय तनाव बढाएको छ।
स्वीडेनको विदेश मन्त्रालयले आफ्ना कर्मचारीलाई बेरुत छोडेर साइप्रस जान निर्देशन दिँदै दूतावास अस्थायी रूपमा स्थानान्तरण गर्ने योजना बनाइरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले बताए।
उक्त निर्णय सुरुआती चरणमा अगस्ट महिनाको लागि लिइएको जनाउदै उनले सुरक्षा अवस्थाका आधारमा विस्तार गर्न सकिने उल्लेख गरेका छन्।
विदेश मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरदेखि जारी गरिएको चेतावनी वावजुत दश हजार स्वीडेनका नागरिक लेबनान गएका हुनसक्ने उल्लेख गर्दै विदेश मन्त्री बिलस्ट्रोमले लेबनानमा रहेका स्वीडेनका नागरिकलाई सो देश छोडी अन्यत्र जान आग्रह गरेका छन्।













पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया