भारतमाथि श्रीलंकाको शानदार जित

काठमाडौं । श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएको थियो ।
भारतको लागि कप्तान रोहित शर्माले सर्बाधिक ६४ रन बनाए भने अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए । भारतलाई अल आउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री जेफ्री वान्डरसेले सर्बाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउदै २४० रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०-४० रन बनाएका थिए भने दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए ।
त्यस्तै भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका १-० ले अगाडी भएको छ । यस अघि खेलिएको सिरिजको पहिलो खेल टाइ भएको थियो । अब सिरिजको अन्तिम खेल बुधबार खेलिदै छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया