सार्वजनिक स्थानमै ममाथि दुर्व्यवहार भयाे : सांसद गाैतम (भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सार्वजनिक स्थानमा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद गौतमले आइतबार निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको बताएकी हुन् ।
मूलपानी क्रिकेट रंगशालानजिकै पहिरोको अवलोकन गरेर फर्कंदा युवाको समूहले दुर्व्यवहार गरेको उनले बताइन् । “फर्केर आउँदा म र स्वकीयसचिव थियौँ । १५–२० जना साथीहरू जम्मा हुनुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो । कोही गाँजाको नशाामा लट्ठ हुनुहुन्थ्यो । कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । एकाएक घेर्न थाल्नुभयो । तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने ? भनेर प्रश्न गर्न थाल्नुभयो,” संसदमा उनले सुनाइन् ।
उनले युवाले आफूलाई घेरेर फोहोरी शब्द बोलेको बताइन् । “मलाई दुर्व्यवहार नै गर्ने शैलीले उहाँहरू त्यहाँ जम्मा हुनुभएको थियो,” उनले बैठकमा भनिन् ।
सुरक्षा चुनौती भएपछि आफू चिया पसलमा पुगेको उनले जानकारी गराइन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया